२५ आश्विन २०८१, शुक्रबार

सन्दीप लामिछानेलाई आज जेल सजाय तोकिने

प्रकाशित मिति :  10 January, 2024 9:32 am


काठमाडौँ । नावालिक किशोरीलाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय निर्धारण हुँदैछ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ३ को (ङ) बमोजिम सन्दीपलाई ७ देखि १० वर्षको सजाय निर्धारण हुन सक्ने सम्भावना रहेको छ। न्यायाधीश शिशिरराज ढकालले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९ (१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए ।

लामिछानेविरुद्ध २१ भदौ २०७९ मा १८ वर्ष नपुगेकी नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो । लामिछानेले भदौ ५ गते पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर एक नाबालिकलाई बलात्कार गरेको उजुरी परेकाे थियो ।



प्रतिक्रिया दिनुहोस !