२५ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले माघमा युगाण्डा भ्रमण गर्ने

प्रकाशित मिति :  10 January, 2024 5:02 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डा भ्रमण गर्ने भएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद्को निर्णय बुधवार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।

उनकाअनुसार प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औं सम्मेलनमा भाग लिनेछन् ।

सो अघि ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र माघ १ र २ हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !