९ मंसिर २०८१, आइतबार

उत्तर कोरियाका नेता किम सार्वनिक हुँदा अमेरीकी राष्ट्रपति ट्रम्प खुशी

प्रकाशित मिति :  3 May, 2020 7:42 am


This picture taken on May 1, 2020 and released from North Korea’s official Korean Central News Agency (KCNA) on May 2, 2020 shows North Korean leader Kim Jong Un (2nd R) attending a ceremony to mark the completion of Sunchon phosphatic fertilizer factory in South Pyongan Province, North Korea. (Photo by STR / KCNA VIA KNS / AFP) / – South Korea OUT / —EDITORS NOTE— RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO/KCNA VIA KNS” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS / THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE — / (Photo by STR/KCNA VIA KNS/AFP via Getty Images)

एजेन्सी,२१ वैशाख ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन स्वस्थ रुपमा सार्वजनिक कार्यक्रममा देखिएकोप्रति खुशी व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वाीट गर्दै भनेका छन्,‘उनी सार्वज्निक कार्यक्रममा स्वस्थ्य रुपमा देखिएकोमा म खुशी छु ।’

नेता किमबारे मृत्युसम्मको हल्ला फैलिरहेका बेला उनी एउटा प्रजनन केन्द्रको उद्घाटन समारोहमा देखिएका थिए । नेता किम झण्डै ३ हप्तापछि सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

खासगरि आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा सहभागि नभएपछि किमको स्वास्थ्यलाई लिएर विश्वभर अनेक अड्कलबाजी भएका थिए । अन्योलताकैबीच उत्तर कोरियाली समाचार संस्था केसीएएनले शुक्रबार रिवन काट्दै एउटा प्रजनन उद्योगको उद्घाटन गरेको तस्वीर सार्वजनिक गरेको थियो ।

गत सोमबारमात्रै किमको स्वास्थ्यबारे अनेक अफवाह फैलिएका बेला राष्ट्रपति ट्रम्पले आफूलाई यसबारे राम्रोसँग थाहा भएको तर यसबारे अहिले कुरा नगर्ने बताएका थिए । उनले भनेका थिए,‘उनीप्रति मेरो मात्र शुभेक्षा छ । ’ राष्ट्रपति ट्रम्प र नेता किमबीच पछिल्ला बर्ष एउटा छुट्टै सम्बन्ध बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको विश्लेषण छ ।

सम्बन्धित समाचारः

उत्तर कोरियाली नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए



प्रतिक्रिया दिनुहोस !