२३ असार २०८१, शनिबार

ओजन तहमा प्वाल बन्द भयो

प्रकाशित मिति :  3 May, 2020 7:49 am


एजेन्सी   बैशाख २१ । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो । तहको उक्त प्वालको आकार ठूलो थियो ।

अप्रिल २३ मा कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले एक ट्वीट गर्दै आर्किटकको आकाशमा देखिएको ओजनको प्वाल बन्द भएको घोषणा गरेको हो ।उत्तरी ध्रुव माथिको आकाशमा देखिएको ओजनको विशाल प्वाल असामान्य मौसमको नतिजा भएको वैज्ञानिकहरुको ठहर छ ।

वैज्ञानिकहरुका अनुसार उत्तरी ध्रुवमा देखिएको असामान्य मौसम सामान्यीकरण भएसँगै ओजन तहमा परेको प्वालसमेत आफैं टालिएको हो ।

उत्तरी ध्रुवको आकाशमा देखिएको ओजन प्वाल आफैं टालिनुमा कोरोना महामारीका कारण भैरहेको लकडाउनबाट प्रदूषण घट्नुसँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !