२५ आश्विन २०८१, शुक्रबार

अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  12 January, 2024 11:16 am


काठमाडौँ । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी देशान्तरमा रहेको बताएको छ ।

भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो ।

अफगानिस्तानको राजधानी काबुलमा, स्थानीय बासिन्दाहरू, भूकम्पको धक्का महशुस गर्दै, आफ्नो घर र अपार्टमेण्ट छोडेर भागेका थिए । भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !