२५ आश्विन २०८१, शुक्रबार

पृथ्वी जयन्तीमा एकता दिवस मनाउनु राम्रो हाे: अध्यक्ष ओली

प्रकाशित मिति :  12 January, 2024 4:51 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उनले यस्तो बताएका हुन् ।

उनले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताए । उनले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीमा कार्यक्रम गरेकामा राप्रपालाई धन्यवादसमेत दिए ।

उनले भने , ‘‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरूलाई धन्यवाद छ । यो राम्रो काम गर्नुभएको छ ।’’

राप्रपाको चियापान कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !