२५ आश्विन २०८१, शुक्रबार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ: सभापति लामिछाने

प्रकाशित मिति :  12 January, 2024 4:55 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उनले यस्ताे बताएका हुन् । उनले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए ।

उनले भने, ‘‘त्यतिबेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको अघात सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्छ ।’’

उनले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !