२५ आश्विन २०८१, शुक्रबार

अपडेट : राप्ती नदी बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको पहिचान

प्रकाशित मिति :  13 January, 2024 9:17 am


दाङ । दाङको राप्ती गाउँपालिका १ भालुबाङमा राप्ती पुलबाट बस खस्दा ज्यान गुमाउने ८ जनाको पहिचान भएको छ ।

नेपालगञ्जबाट काठमाण्डौँ जादै गरेको बाग्मती प्रदेश ३००१ ख. ३९१२ नम्बरको बस पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

बस दुर्घटनामा हुँदा ७ जनाको घटनास्थलमै, ४ जनाको उपचारमा लैजानेक्रममा बाटोमै र १ जनाको प्रस्तावित अस्पताल भालुबाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।

घाइते २२ जनामा ७ जनालाई बुटवल,९ जनालाई नेपालगञ्ज पठाइएको छ भने ६ जनाको प्रस्तावित अस्पताल दाङ्,भालुबाङमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा नेपालगञ्जकी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडाका शौरभ विष्ट, जुम्ला चन्दननाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, बाँकेका रामबरण हरिजन,काठमाडौँ चन्द्रागिरी नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डेको मृत्यु भएको छ ।

अन्दाजी ३०/३५ वर्षीय नाम ठेगाना नखुलेको पुरुष, अर्का ४०/४५ वर्षीय पुरुष,२८/३० वर्षको एक पुरुषको पहिचान हुन सकेको छैन ।

घटनामा २ जना भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारत उत्तरप्रदेश अतिकुल्ला खैरका ३१ वर्षीय मुने र भारको पूर्वी चम्पाटनमलाही बस्ने ६७ वर्षीय ६७ वर्षका योगेन्द्र रामको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !