१४ पुस २०८१, आइतबार

उद्योग व्यवसायका लागि राहत प्याकज ल्याउन सरकारलाई आग्रह

प्रकाशित मिति :  3 May, 2020 8:38 am


काठमाण्डौं,२१ वैशाख ।

विभिन्न उद्योगी व्यवसायीले कोरोनाबाट व्यवसायहरु नराम्ररी प्रभावित भएको भन्दै रोजगारीको सृजना गर्ने गरेर राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

नेपाल व्यवस्थापन संघले काठमाण्डौंमा गरेको प्रि-बजेट छलफलमा विभिन्न उद्योग तथा सेवा क्षेत्रका संगठनले उद्योग व्यवसाय सञ्चालनका लागि सहज बनाउन कोष खडा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल होटेल संघकी अध्यक्ष सृजना राणाले कोरोनाबाट सबैभन्दा बढी होटेल र पर्यटन क्षेत्र प्रभावित भएको भन्दै सरकारले रोजगारीका अवसर सृजना गनुपर्नेमा जोड दिईन् ।

उनले होटेलको नाजुक अवस्थाका कारण मजदुरका समस्या समाधान गर्न नसकिने जानकारी गराईन् । उनले होटेलहरु ठूलो ऋणमा डुबिरहेको भन्दै बैशाखको पारिश्रमिक दिन नसक्ने बताईन् ।

उन पर्यटन विकास कोष बनाएर जान सुझाव दिईन् । अध्यक्ष राणालै भनिन्,‘ टुरिज्म डेभलपमेन्ट फण्ड खडा गर्नु पर्यो जसले गर्दा होटल र पर्यटन क्षेत्र सञ्चालनका लागि सहयोग पुग्ने छ कि होटेल पूर्ण बन्द गर्न सहयोग गर्नुपर्यो । ’

बैंकर्स एसोसिएशनका अध्यक्ष भुवन कुमार दाहालले बैंकहरु आफै व्यवसाय भएकाले समस्यामा परिरहेको बताए । उनले गाँउ गाँउमा बैंकहरु गईसकेकाले स्थानीय सरकारसँग मिलेर आगामी दिनमा लघु उद्याम कार्यक्रम ल्याउन बैंकहरुले सहयोगि भूमिका निर्वाह गर्ने बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिन राज कँडेलले विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई कसरी सहकारीमा जोड्न सकिन्छ भन्नेबारेमा कार्यक्रमको तयारी भईरहेको जानकारी दिए ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले व्यवसायीहरुका वास्तविक समस्यामा जोड दिन आग्रह गरे । उनले व्यवसाय टिक्ने कुरामा जोड लिदन आग्रह गरे । उनले विकास खर्चमा सम्झौता नगर्न सरकारलाई सुझाव दिए ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कारोनाको रोकथाममा लाग्दा शिथिल भएको अर्थतन्त्रलाई पुरानो आधारमा माथि उकास्न पहल गर्ने बताए । उनले राहत,आर्थिक पुनरुथनका लागि सिमा हुँने हुँदा सबै दायित्व सरकाराले बोक्न नसक्ने तर यसका लागि सबैको सहयोग र सहकार्य हुने बताए ।



प्रतिक्रिया दिनुहोस !