२५ आश्विन २०८१, शुक्रबार

काठमाडौँ महानगरले ४ हजारलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिने

प्रकाशित मिति :  14 January, 2024 11:34 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको महानगरले जनाएको छ । माघ २ गते यसको औपचारिक शुभारम्भ हुनेछ ।

महानगरलाई तालिम सञ्चालन गर्न ईसी काउन्सिल र ग्याप टेक्नोलोजिजले सहयोग गर्नेछन् । तालिममा सहभागीलाई स्मार्टफोन, ईमेलहरूमा प्राप्त हुने मेसेज तथा सूचना, इन्टरनेट जडान भएका डिभाइस र यसमा प्रयोग हुने एप्लिकेसनहरूको आधिकारिकता, जोखिमका विषयमा सिकाइने कार्यक्रमका सम्पर्क व्यक्ति अजय पौडलले जानकारी दिए । त्यस्तै प्रोग्रामिङ, नेटवर्किङ र क्लाउडका आधारभूत पक्ष पनि सिकाइने छ ।

माघ २ गते दिनको २ बजेदेखि राष्ट्रिय सभा गृहमा आयोजना हुने शुभारम्भ अवसरमा उपस्थित हुन चाहनेहरूले https://shorturl.at/quAJV लिङ्क थिचेर नाम दर्ता गराउन सकिने महानगरले जनाएकाे छ ।

साइवर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरूमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरूको आधिकारिकता, जोखिमका विषयमा सिकाइने महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !