२५ आश्विन २०८१, शुक्रबार

नारायणगढ-मुग्लिन सडक आजदेखि माघ २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने

प्रकाशित मिति :  14 January, 2024 2:38 pm


काठमाडौँ । नारायणगढ-मुग्लिन सडक आजदेखि माघ २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरी काम हुँदै आएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो।

सो खडक खण्डमा निर्माणाधिन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलापुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुन निर्माण कार्य सूचारु गर्नुपर्ने भएकाले सडक आजदेखि माघ २० सम्म दिउँसो १२ बजेदेखि ४ बजेसम्म पूर्ण बन्द हुनेछ।

काठमाडौँबाट जाने यात्रुवहाक सावरी साधनलाई मुग्लिङ बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट आउने सवारी साधानलाई बेनीटारादेखि पावरहाउससम्म बिहान ११:५५ बजेसम्म सञ्चालन हुनेछन्।

यसैगरी काठमाडौँबाट आउने मालबहाक सवारी साधन लेवाटारमा र पोखरातर्फबाट आउने सवारी साधनहरूलाई सत्रसय फाँटमा बिहान ११:४५ मिनेटमा रोकिसक्नुपर्नेछ।

नारायणगढतर्फबाट छिर्ने यात्रुबहाक सवारी साधनहरू पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११:३० बजे रोकिनेछन्। सोही क्षेत्रबाट आउने मालबहाक सवारीहरू भतेरी जंगलदेखि रामनगरसम्म बिहान ११:३० बजेसम्म रोकिनेछन्।

तोकिएका स्थानमा रोकिएका सबै सवारी साधनहरूलाई भने अपरान्ह ४ बजेमात्रै छोडिने प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !