२५ आश्विन २०८१, शुक्रबार

स्याङ्जाबाट लागु औषधसहित एक जना पक्राउ

प्रकाशित मिति :  15 January, 2024 10:39 am


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ भकुण्डे स्थित सिदार्थ राजमार्गबाट लागु औषध सहित एक जना पक्राउ परेका छन ।

प्रकाउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नम्बर १० का २३ वर्षीय अजय नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जनाकारी दिए ।

नेपालीको साथबाट नोफिन ४९ एम्पुल, डाईजेपाम ४९ एम्पुल, फेनरागन ४९ एम्पुल गरी जम्मा १४७ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

निजलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !