२५ आश्विन २०८१, शुक्रबार

स्याङ्जामा बसको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति :  15 January, 2024 12:16 pm


काठमाडौँ । स्याङ्जामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान पौने ९ बजे कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ आँधीमुहान ड्यामस्थित भित्री सडकमा बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

जयपतेबाट रिडी जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदल हिँडिरहेका ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइ घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रानाले बताए ।



प्रतिक्रिया दिनुहोस !