२५ आश्विन २०८१, शुक्रबार

स्याङ्जाको आँधीखोलामा पाँच दिने निशुल्क दन्त शिविर हुने

प्रकाशित मिति :  15 January, 2024 2:33 pm


काठमाडौँ । स्याङ्जाको आँधीखोला गाउँपालिकामा पाँच दिने निशुल्क दन्त शिविर हुने भएको छ । नेलम्बो नेपालको सहकार्यमा माघ २ गतेदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन हुने भएको हो ।

शिविरबाट दाँत सम्बन्धी समस्या भएका पालिकाबासीहरू लाभान्वित हुने पालिकाले विश्वास लिएको छ । शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार, गिजाको उपचार, औषधी वितरण हुनेछ ।

दैनिक ६० देखि ७० जना सेवाग्राहीलाई मात्र सेवा उपलब्ध गराउन सकिने हुँदा समयमा नै उपस्थित भएर निःशुल्क सेवा लिन गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आग्रह गरेका छन् ।

दाँतको उपचार पद्धति अलि जटिल र महङ्गो रहेको गुनासो पनि सुनिएकाले यसपल्ट पालिकामै पाचँ दिनसम्म विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत् दन्त शिविर गरेको अध्यक्ष पाैडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !