२५ आश्विन २०८१, शुक्रबार

घट्यो पेट्रोल र डिजेलको मूल्य

प्रकाशित मिति :  15 January, 2024 9:08 pm


काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो।

आज बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गको उपभोक्ताका लागि १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्षको उपभोक्ताका लागि १६५ र तेस्रो वर्गको उपभोक्ताका लागि १६६ रुपैयाँ तोकिएको छ ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्य भने पहिलो वर्गका उपभोक्ताका लागि १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका उपभोक्ताका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका उपभोक्ताका लागि १५६ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !