२५ आश्विन २०८१, शुक्रबार

मेसी बने फिफा उत्कृष्ट वर्ष खेलाडी

प्रकाशित मिति :  16 January, 2024 9:30 am


काठमाडौं । अर्जेन्टिनाका फरवार्डर लिओनल मेसीले पुरुषतर्फ फिफा वर्ष खेलाडी घोषित भएका छन् । फिफाले हरेक वर्ष दिने फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका हुन् ।

मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो, तर यसपल्टको अवार्ड भने विवादास्पद रह्यो । कीर्तिमान आठ पल्टका बेलन डे’अर विजेता मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर एमएलएस क्लब इन्टर मियामीमा गएर उल्लेखीय कुनै उपलब्धि हासिल गरेका थिएनन् ।

मेसीसँग प्रतिस्पर्धामा रहेका म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड दोस्रो र पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एमबाप्पे तेस्रो भए ।

त्यस्तै महिलातर्फ उत्कृष्टमा बोनमटीको चयन भने निर्विवाद रह्यो । उनले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनी पनि बेलन डे’अरकी विजेता हुन्

लण्डनमा मंगलबार आयोजित कार्यक्रममा प्रशिक्षकतर्फ म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरे ।

सिटीका एन्डरसन उत्कृष्ट गोलकिपर अवार्ड जिते । सिटीले प्रिमियर लिग सहित ट्रेबल उपाधि जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !