२५ आश्विन २०८१, शुक्रबार

नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युत हो: अध्यक्ष कार्की

प्रकाशित मिति :  18 January, 2024 2:49 pm


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भएमात्रै मुलुक समृद्ध हुने बताएका छन् ।

बिहीबार इप्पानको २४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि जलविद्युत विकास पहिलो भएको बताएका हुन् ।

उनले सरकारले १० वर्षमा २८ हजारभन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्न ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत भएको दाबी गरे । उनले बैङ्क तथा वित्तीय क्षेत्रले पनि जलविद्युतमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष कार्कीले १० वर्षमा २८ हजार बढी विद्युत उत्पादन गर्न ४६ खर्ब रुपियाँ आवश्यक पर्ने जिकिर गरे । उनले त्यसका लागि नेपाल भित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्र बैङ्क र बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले २८ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि ऊर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रूपमा विकास गरी सबै काम ऊर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

ऊर्जा क्षेत्रका सबै काम ऊर्जा मन्त्रालयबाट नै हुनेगरी ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले सरकारले जलविद्युत क्षेत्रका लागि धेरै खालका नीतिगत सुधारहरू गर्नुपर्नेमा जोड दिए । जलविद्युत उत्पादनका लागि झन्झटिला नीति र कार्यविधिहरूलाई सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य हासिल हुनसक्ने दाबी उनकाे छ ।



प्रतिक्रिया दिनुहोस !