२५ आश्विन २०८१, शुक्रबार

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  19 January, 2024 11:39 am


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

महासंका अनुसार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाला सुन १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढे प्रति तोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !