२५ आश्विन २०८१, शुक्रबार

अवैध बाटोबाट रुसी सेनामा नजाऔँ, सरकारले भन्नासाथ रूसले नेपाली फर्काउन मानिहाल्दैन : प्रधानमन्त्री

प्रकाशित मिति :  21 January, 2024 10:39 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध बाटोबाट रुस र युक्रेन नजान सबै युवालाई आग्रह गरेका छन् । आज बिहान युगाण्डाबाट स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् ।

युगाण्डा भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीसँगको भेटमा नेपालीहरुलाई स्वदेश फर्काइदिन आग्रह गरेको प्रधानमन्त्री दाहालले बताए ।

जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्मविपरीत जहाँ पनि सेनामा भर्ती हुने, बाटो छलेर जाने काम नगर्न जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान गरे । उनले अवैध बाटोबाट सेनामा भर्ती हुन नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !