२६ आश्विन २०८१, शनिबार

काठमाडौँ महलका व्यवसायीको आरोपः महानगर प्रहरीले व्यवसायीमाथि हातपात गर्‍यो

प्रकाशित मिति :  22 January, 2024 3:07 pm


काठमाडौँ । काठमाडौँ महलका व्यवसायीहरूले काठमाडौँ महानगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

सोमवार उनीहरूले काठमाडौँ महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन् । व्यवसायीहरूले आफूहरू सञ्चयकोषको काठमाडौँ महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरूलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए ।

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरूलाई अपमान गरेको बताए ।

उनले महानगरले अदालतको आदेश विपरित व्यवसायीहरूमाथि धरपकड गरेको बताए । त्यस्तै काठमाडौँ महल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरूलाई आतंककारी शैलीमा धरपकड गरेको बताए । उनले महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरूमाथि हातपात गरेको बताए । त्यस्तै अर्का व्यवसायी मुरारी कोईरालाले सञ्चयकोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरू व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फुटपाथ व्यापारीहरूलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए ।

उनीहरूले महानगर र सञ्चयकोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए ।



प्रतिक्रिया दिनुहोस !