२६ आश्विन २०८१, शनिबार

स्याङ्जामा बढ्यो सुन्तला उत्पादन, एउटै वडाबाट ११ करोडको बिक्री

प्रकाशित मिति :  23 January, 2024 9:12 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ७ मा यस वर्ष ११ करोड रूपैयाँ बढीको सुन्तला बिक्री भएको छ। भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए।

करिब एक सय घरपरिवारले व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए। उनका अनुसार यस वर्ष ५० हजारदेखि लिएर ३० लाख रुपैयाँसम्म किसानले सुन्तालबाट आम्दानी गरेका छन् ।

गत वर्ष यस वडामा सुन्तला बिक्रीबाट करिब रु १५ करोड भित्रिएको थियो,’ उनले भने, ‘गत वर्षजस्तो यस वर्ष उत्पादन भएन यसकारण आम्दानी पनि घट्न पुग्यो, आगामी वर्ष नयाँ बोट तयार हुने भएकाले उत्पादन बढ्छ।’ बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।

गत वर्ष स्याङ्जा जिल्लामा सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ।



प्रतिक्रिया दिनुहोस !