२६ आश्विन २०८१, शनिबार

तीन वटा प्रवेश पत्रसहित ट्रायल दिने एक जना नियन्त्रणमा

प्रकाशित मिति :  23 January, 2024 11:29 am


काठमाडौँ । भक्तपुरको राधे राधेबाट हिजो (सोमबार) दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन वटा प्रवेश पत्रसहित एक जना परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलामको चुलाचुली वडा नम्बर ४ घर भई हाल काठमाडौँको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई प्रयोगात्मक परीक्षाका क्रममा नियन्त्रणमा लिइएको हो ।

पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भई पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुनः परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा प्रयोगात्मक परीक्षामा खटिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा आएका पुरीलाई आवश्यक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !