२६ आश्विन २०८१, शनिबार

न्युरोडमा पार्किङ निषेध गरेपछि व्यवसायीहरूले गरे सटर बन्द

प्रकाशित मिति :  23 January, 2024 3:06 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै पार्किङ नदिएको बिरोधमा व्यवसायीहरूले सटर बन्द गरेर बिरोध जनाएका छन् ।

मंगलवार बिहानदेखि काठमाडौँ महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ ।महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि महानगर २२,२३ र २४ वडाका व्यवसायीले सटर बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ ।

व्यापारीहरूले सरोकारवालाहरूसँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनैपनि ग्राहक नआउने बताए ।महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौन् टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष गोकुलदत्त शर्माले कोरोना महामारी लगायत अर्थतन्त्रमा देखिएको समस्याको कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरूलाई हतोत्साही बनाएर काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारी पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाए ।

न्युरोड जाने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ । काठमाडौँ टावरमा तीन सय वटा चारपाङ्ग्रे सवारी साधन र सात सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !