२९ पुस २०८१, सोमबार

यस्ता छन् मन्त्रीपरिषद् बैठकका तीन निर्णय

प्रकाशित मिति :  23 January, 2024 5:26 pm


काठमाडौँ । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।

हिजो (सोमवार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका तीन निर्णय

१) जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने ।

२) राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने ।

३) २०८० माघ २२ गते ४:०० बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।



प्रतिक्रिया दिनुहोस !