२६ आश्विन २०८१, शनिबार

सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यकः महानिरीक्षक अर्याल

प्रकाशित मिति :  24 January, 2024 7:35 am


काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको बताएका छन् ।

मंगलवार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन । उनले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए ।

उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बिओपीहरु, अत्याधुनिक उपकरणहरु र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे । उनले सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहार्द्रपूर्ण सम्बन्धकासाथ समन्वय र सहकार्य गरिरहेको बताए ।

उनले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुनसके मात्रै प्रभावकारी हुने बताए । उनले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताए ।

अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणा अनुसार नविन कार्यक्रमहरु शुरुवात गरिएको बताए । उनले उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बिओपीमार्फत सीमा इलाकामा विकासहरु काल्याणकारी कार्यहरु गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !