२६ आश्विन २०८१, शनिबार

स्याङ्जाको भीरकोटमा पाँच दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने

प्रकाशित मिति :  24 January, 2024 1:27 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा पाँच दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । नगरपालिकाको आयोजनामा माघ १५ गतेदेखि १९ गतेसम्म विभिन्न वडामा स्वास्थ्य शिविर संचालन हुने भएको हाे ।

नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले भीरकोट नगर अस्पताल हेलुमा कार्यरत चिकित्सकहरूद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने बताए ।

उनका अनुसार माघ १५ गते भीरकोट ३ बानेथोक देउराली स्वास्थ्य चौकी, माघ १६ गते भीरकोट ४ छाङ्गछाङ्गदी स्वास्थ्य चौकी, माघ १७ गते भीरकोट ५ आधारभूत स्वास्थ्य केन्द्र, तिलाहार नेट, माघ १८ गते भीरकोट ८ ढापुक स्वास्थ्य चौकी, र माघ १९ गते कालिकाकोट स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर संचालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !