२६ आश्विन २०८१, शनिबार

मापदण्ड विपरित बोइलर कुखुराको मासु आयात नगर्न कालीगण्डकी गाउँपालिकाकाे निर्देशन

प्रकाशित मिति :  24 January, 2024 2:02 pm


काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले मापदण्ड विपरित बोइलर कुखुराको मासु आयात नगर्न निर्देशन दिएको छ ।

गाउँपालिकाले पालिका भित्र विभिन्न मासु पसलहरूमा मापदण्ड विपरित अवैध रूपमा अस्वस्थकर मासु आयात गरि बिक्रि वितरण गरिएको जनगुनासो आएको भन्दै उक्त निर्देशन दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले यस पश्चात उक्त कार्य गरेको पाए स्थानीय सरकारको निर्णय बमोजिम कारबाही गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !