२६ आश्विन २०८१, शनिबार

नेविसंघले ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ आयोजना गर्ने

प्रकाशित मिति :  24 January, 2024 3:41 pm


काठमाडौँ । नेपाल विद्यार्थी संघले अन्तर्राष्ट्रियस्तरको रोबोटिक वार ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता माघ १३ देखि १५ गतेसम्म हुनेछ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको आयोजनामा काठमाडौंको दशरथ रङ्गशालामा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स -२’ हुने बताए ।

नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्नेछन् । तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरुलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई साढे लाख, दोस्रो हुनेलाई डेढ लाख र अन्य श्रेणीमा विजयी हुनेलाई १ लाख रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !