२६ आश्विन २०८१, शनिबार

अख्तियारद्वारा सुनिल पौडेल र विकल पौडेल पक्राउ

प्रकाशित मिति :  24 January, 2024 4:34 pm


काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई उनीहरुको निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको छ ।

भ्रष्टाचार मुद्दामा तानिएका दुवैजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनबारे अर्को उजुरी दर्ता भएको थियो। तर उक्त उजुरीबारे बयानमा बोलाउँदा दुवैले अटेरी गरेर बसेपछि पक्राउ गर्नुपरेको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ।

अख्तियारले सुनिल पौडेलसहितविरुद्ध २०८० असोज १५ गते २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा चलाएको थियो।

त्यस्तै विकल पौडेलविरुद्ध ७० करोड रुपैँया विगो मागदाबीसहित अख्तियारले गत वैशाखमा भ्रष्टाचार मुद्दा चलाएको थियो।



प्रतिक्रिया दिनुहोस !