२९ पुस २०८१, सोमबार

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

प्रकाशित मिति :  24 January, 2024 5:12 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजेका लागि संघीय संसद्का‌ दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् ।

मंगलबार मन्त्रिपरिषद्ले‌ सिफारिस गरेअनुसार बुधबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !