९ मंसिर २०८१, आइतबार

उच्च पहाड र हिमाली भेगमा हिमपात, पहाडमा हल्का वर्षा, तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने

प्रकाशित मिति :  25 January, 2024 6:16 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले बिहीबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनका अनुसार देशको पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । 

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न पूर्मानुमान गरिएको छ। 

मौसमको प्रतिकूलताको प्रभाव र चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !