२६ आश्विन २०८१, शनिबार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी

प्रकाशित मिति :  25 January, 2024 12:10 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी छ ।

बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । महेन्द्र नारायण निधी संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम छन् ।

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनमा अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना, जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी छन् ।

त्यस्तै नेकपा (एमाले) बाट अन्यमा कुमारी विजेता झा (धनुषा) हुनुहुन्छ । त्यस्तै जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा) ले पनि उम्मेदवारी दिएका छन् ।

महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र गठबन्धनमा जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कुल मतभार १० हजार सात सय ४४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !