२६ आश्विन २०८१, शनिबार

बाग्मती प्रदेशमा मतदान जारी

प्रकाशित मिति :  25 January, 2024 12:46 pm


काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत वागमती प्रदेशमा मतदान जारी रहेको छ । बिहीवार बिहान ९ बजेदेखि वागमतीमा राष्ट्रिय सभामा ४ सदस्य पदका लागि मतदान सुरु भएको हो ।

४ पदका लागि बागमतीमा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली काँग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार हुनुहुन्छ भने भने अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र) का श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल छन् ।

एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले वागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मुल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !