२६ आश्विन २०८१, शनिबार

लुम्बिनी प्रदेशबाट कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित

प्रकाशित मिति :  25 January, 2024 4:55 pm


काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

बिहीबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुसार कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरिन् भने उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।

अन्य तर्फ सुवेदीले एमालेका उम्मेदवार झपेन्द्र जीसीलाई पराजित गरेर विजयी भएका हुन् । राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरीले पनि उम्मेदवार थिए ।



प्रतिक्रिया दिनुहोस !