४ मंसिर २०८१, मंगलबार

राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार विजयी

प्रकाशित मिति :  25 January, 2024 5:16 pm


काठमाडौं । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा महिलातर्फ नेकपा माओवादीकी उम्मेदवार मनरुपा शर्मा, अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार किरणबाबु श्रेष्ठ र अपांगतातर्फ नेपाली कांग्रेसका पदम परियार विजयी भएका हुन् ।

अन्यतर्फ श्रेष्ठले एमालेका चक्रबहादुर पराजुली पराजित गर्दै विजयी बनेका हुन् । श्रेष्ठले ३ हजार ८०८ मत प्राप्त गरे भने पराजुलीले २ हजार ४७७ मतभार पाए ।

महिलातर्फ शर्माले एमालेकी सम्झना देवकोटालाई पराजित गर्दै विजयी बनेकी हुन् । शर्माले ३ हजार ६६० मतभार प्राप्त गरिन् भने देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन् ।

त्यस्तै अपांगतातर्फ कांग्रेसका परियारले एमालेका हेमन्त शेरचनलाई पराजित गर्दै विजयी बने । परियारले ३ हजार ७ सय ७४ मत प्राप्त गरे भने शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस !