२६ आश्विन २०८१, शनिबार

नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासियाे

प्रकाशित मिति :  26 January, 2024 12:46 pm


काठमाडौं । नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस एभरेष्ट होटल अगाडी गुडिरहेको बेला भासिएको हो। ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।

यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।



प्रतिक्रिया दिनुहोस !