लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ
काठमाडौँ । लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् ।
शक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर पक्राउ परेका तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई सार्वजनिक गरेको हो ।
उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ ।
उनले नक्कली चिट बनाइ आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत समेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरारका लागि सहयोग गरेको आरोप लागेको थियो ।
१६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले जानकारी दिए । उनलाई आवश्यक कारबाहीको लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहीता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने उनकाे भनाइ छ ।
तत्कालीन समयमा एक करोडबाट शुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार यादवले लिएको प्रहरीको दाबी छ ।
पक्राउ परेका यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।