२६ आश्विन २०८१, शनिबार

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखमाथि प्रहरीको हातपात

प्रकाशित मिति :  26 January, 2024 3:51 pm


काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ ।

शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर मेटल डिटेक्टर भएको स्थानमा विवाद हुँदा प्रहरीले हातपात गरेको स्रोतले जनाएको छ ।

भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ । अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ ।

स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !