२६ आश्विन २०८१, शनिबार

कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ: उपसभापति गुरुङ

प्रकाशित मिति :  26 January, 2024 6:56 pm


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताएका छन् ।

शुक्रबार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अहिले मैले के पाएँ भन्ने भाष्य तयार भएको बताए । उनले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताए ।

उपसभापति गुरुङले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने बताए । उनले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभई गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताए ।

उनले भने, ‘आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ रु भन्ने धेरै भाष्य तयार भएको छ कांग्रेसभित्र तर हिजो के पाउनका लागि होइन, के दिनका लागि हामी लडिरहेका थियौँ । हाम्रा अग्रज केका लागि लडिरहेका थिए रु यो कुरा स्मरण गर्न आवश्यक छ । गौरवमय इतिहासलाई गौरवका लागि गौरवको स्थानमा राख्दै वर्तमानमा त्यो गौरवलाई स्मरण गर्ने मात्रै होइन । त्यस्तै गौरवमय इतिहास बनाउनेतर्फ हामीले लाग्नुपर्छ ।’

उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !