२६ आश्विन २०८१, शनिबार

ट्राफिक प्रहरीको लापसे चेकिङ: दुई जना चालक नियन्त्रणमा

प्रकाशित मिति :  26 January, 2024 7:11 pm


काठमाडौँ । काठमाडौँकाे नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा ३ ख १४ ८४ नम्बरका माईक्रो चालक उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय दिनेश क्यापछाकी र लु २ ख ८३४ नम्बरका ट्रक चालक पश्‍चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय सुमित रानालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दालागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !