२६ आश्विन २०८१, शनिबार

अहिलेसम्म टकरावको राजनीति नगरेको उपप्रधानमन्त्री खड्काको दाबी

प्रकाशित मिति :  27 January, 2024 1:35 pm


काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’को विमोचन गर्दै उपप्रधानमन्त्री खड्काले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे ।

उनले नेताहरूको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यम रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको उल्लेख गरे । उहाँले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको उल्लेख गरे ।

उनले भने,“सामाजिक सञ्जालमा म उहाँले भनेको जस्तो दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो ।”

उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !