२६ आश्विन २०८१, शनिबार

ललितपूरमा एक जर्मन नागरिक मृत फेला

प्रकाशित मिति :  29 January, 2024 1:11 pm


काठमाडौं । ललितपुर एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । सोमबार ललितपूर महानगरपालिका–१६, नागबहालमा अन्दाजी ५२ वर्षीया महिला मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिला विगत एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी थिइन् । लडिरहेको अवस्थामा भेटिएकी महिलाको टाउकोमा चोट लागेको देखिएको छ ।

प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ । ती महिलाको मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !