९ मंसिर २०८१, आइतबार

वामदेव गौतमको दाबीः नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छ

प्रकाशित मिति :  29 January, 2024 5:16 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन् ।

सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०\६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

सोमवार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि बताए । सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

सदस्य गौतमले महिनामा एक लाख तलव कम्तिमा पाउने गरी दक्ष जनशक्तिलाई मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारलाई सुझाव दिनुभयो



प्रतिक्रिया दिनुहोस !