२६ आश्विन २०८१, शनिबार

मंगलवारको मौसम: पाँच प्रदेशमा हल्का वर्षा, उच्च पहाड र हिमालमा हिमपात, तराईमा हुस्सु

प्रकाशित मिति :  30 January, 2024 6:38 am


काठमाडौँ । मंगलवार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ तथा तराईका केही  स्थानहरूमा हुस्सुहिरो  लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !