२६ आश्विन २०८१, शनिबार

वीर अस्पतालमा बिरामीको खाना कटौति गर्नेकुरा तत्काल सच्याउनु पर्छः सांसद पन्त

प्रकाशित मिति :  30 January, 2024 7:22 am


काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद कमला पन्तले वीर अस्पतालका बिरामीलाई दिइँदै आएको खानाको सुविधा कटौति गरेकोमा आपत्ति जनाएकी छिन््। 

अस्पतालमा बिरामीलाई खाना दिने सेवा कटौति गर्ने निर्णयमा तत्काल पुनर्विचार गर्न पनि सरकारलाई सचेत गराउदै उनले बहकावमा परेर त्यस्ता खालका दुःखद् निर्णय गर्न नहुने बताइन्।

सोमवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद पन्तले वीर अस्पताल र टिचिङ अस्पतालमा नर्सहरु अध्ययन गर्ने व्यवस्थामा सरकारले रोकेकोमा आक्रोश व्यक्त गरिन्।

सांसद पन्तले भनिन्, “वीर अस्पतालले त्यत्रो ठूलो नर्सहरु उत्पादन गरिराखेको थियो । त्यहाँको नर्सहरु विश्वभरी विकेका थिए । टिचिङमा त्यत्तिकै राम्रो शिक्षा थियो । त्यो फेरि रोकिएको छ रे । जसले जे भने पनि यस्ता कुराहरु चाहीँ सरकारले मान्न हुन्न नि । यस्तो कुरामा पनि बहकिएर हुन्छ ?”

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !