२६ आश्विन २०८१, शनिबार

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

प्रकाशित मिति :  30 January, 2024 2:47 pm


काठमाडौँ । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेकी हुन् ।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिए । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !