२६ आश्विन २०८१, शनिबार

भृकुटीमण्डपमा बिहीबारदेखि नवौं ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै

प्रकाशित मिति :  31 January, 2024 2:02 pm


काठमाडौँ ।माघ १८ गते (भाेलि) देखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनीमा विभिन्न देशका पाँच सयभन्दा बढी ब्राण्डका १५० बढी स्टलहरू रहने छन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा मेला सञ्चालन गर्न लागेको हो । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी महत्त्वपूर्ण हुने मिडिया स्पेस सोलुसन्स प्रा.लि. का कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताए ।

निर्देशक भट्टराईले विगत आठ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने वा आम नागरिकको उल्लेखनिय सहभागिता रहने विश्वास रहेको बताए ।

उनले मेला बिहान १० देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको बताए । उनले प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !