२६ आश्विन २०८१, शनिबार

स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

प्रकाशित मिति :  31 January, 2024 2:15 pm


काठमाडौँ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा महादेव श्रेष्ठ निर्वाचित भएका छन् ।

संघकाे ३८ औं साधारण सभा तथा १६ औं अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी हिक्मत श्रेष्ठलाई ८ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी हिक्मत श्रेष्ठले १ सय ४१ मत प्राप्त गर्दा अध्यक्षमा निर्वाचित महादेव श्रेष्ठले १ सय ४९ मत प्राप्त गरेका थिए।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठ निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा शाह खालिद, दिपक कुमार श्रेष्ठ र गंगा प्रधान निर्वाचित भएका छन्। महासचिवमा मोहम्मद सारिफ मियाँ र आशिष लम्साललाई पराजित गर्दै रविन्द्र केसी निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा रामप्रसाद लम्साल निर्वाचित भएका छन् भने काेषाध्यक्षमा दिपेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी समितिको सदस्यहरूमा हिटलर पौडेल, अमृत लामिछाने, मिनाकुमारी सुवेदी, सुदर्शन रेग्मी, छाँयादत्त सापकोटा, सुर्यप्रसाद शर्मा लामिछाने, कौशिला पौडेल क्षेत्री र राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !