२६ आश्विन २०८१, शनिबार

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार जेल चलान

प्रकाशित मिति :  31 January, 2024 3:09 pm


काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान गरिएकाे छ ।

जिल्ला अदालत बागलुङले सोमबार कोषाध्यक्ष सुनारलाई पुर्पक्षको लागि जेल चलान आदेश दिएको थियो । उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !