२६ आश्विन २०८१, शनिबार

राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

प्रकाशित मिति :  31 January, 2024 6:56 pm


काठमाडौँ । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरू गरी चार जनालाई प्रहरीले पक्राउ गरेको ।

चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ । यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरू सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर बिरोध प्रदर्शनमा उत्रिका छन् ।

कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पु¥याएको भन्दै उनीहरू बिरोधमा उत्रेका छन् ।

सानो विषयलाई अपराधिक शैलीमा व्यवासायीलाई पक्रेर पथलैया पु¥याइएपछि व्यवसायीहरू आक्रोशित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !